मकवानपुर जिल्ला फुटबल संघको अध्यक्षमा टीकाराम लामाको प्यानल विजयी भएका छन् । हेटौंडामा शनिबार भएको सातौँ अधिवेशनबाट लामाको प्यानलनै विजयी भएको हो । लामाले अध्यक्षका प्रत्यासी मणिष श्रेष्ठलाई पराजित गरेका हुन् । लामाले १९ मत प्राप्त गर्दा श्रेष्ठले ९ मत प्राप्त गरे ।

उपाध्यक्षमा अरुण बल, युवराज लामा र अजय मानन्धर विजयी भएका छन् । फुटबल संघको कार्यसमिति सदस्यमा विकेशलाल श्रेष्ठ , आशिष थापा, राजाराम थोकर ,आलोक स्याङ्तान, पुष्पराज पुडासैनी , सचिन्द्र लामा, सचिन राई ,दिनेश चौलागाई, कृष्ण केसी र नवराज तिमल्सिना विजयी भएका छन् भने महिला सदस्यमा एलिसा आले विजयी भएकी छन् ।