Comments Add Comment

मकवानपुरमा कार्यरत ४७ जना प्रहरीमा कोरोना संक्रमण

मकवानपुरमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएका मध्यमा धेरै जना जनपथ प्रहरी रहेका छन् । मकवानपुरमा कार्यरत ४७ जना प्रहरीमा शुक्रबार एकैदिन कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुर अन्तरगत कार्यरत दुईजना प्रहरी निरिक्षक सहित ४७ जना प्रहरीमा एकैदिन कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रहरी उपरिक्षक शुशिल सिंह राठोरले जानकारी दिए ।

मकवानपुरमा कोरोना संक्रमित जनपथ प्रहरीको सख्या एक सय १५ जना पुगेको छ । दिनहुँजसो प्रहरीमा कोरोना संक्रमण भएपनि आम नागरिकको सुरक्षामा कुनै पनि कमी हुन नदिएको उहाँले वताए । हेटौंडामा शुक्रबार कोरोना संक्रमण पुष्टि भएका ९५ जना मध्यमा ४७ जना जनपथ प्रहरीमा संक्रमण भएको उनले बताए । ४७ जना प्रहरी मध्यमा जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत १२ जना र अरु दंगा प्रहरी गढमा कार्यरत ३५ जना प्रहरीमा कोरोना पुष्टि भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर