मकवानपुरको राक्सिराङ गाउँपालिकामा दुई जना खोलाले बगाएको छ । बुधबार बिहानैबाट निरन्तर परेको वर्षाका कारण आएको खोलाले बगाउँदा दुई जना बेपता भएकोमा एक जना मृत अवस्थामा फेला परेको छ भने एक जना बेपता भएको छ । राक्सिराङको गोराङ दोभानबाट खोला तर्ने क्रममा दुईजनालाई बगाउँदा एक जना मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बेपता एक जनाको खोजी भईरहेको प्रहरीले बताए ।