नेपाली कांग्रेस बागमती प्रदेशका सभापत्ति तथा संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले मिर्गौला रोगी कांग्रेस नेता रामकृष्ण प्रजालाई आर्थिक सहयोग गरेका छन् । नेता बानियाँले दुबै मिर्गौला फेल भएर उपचार गराइरहेका पूर्व जिल्ला सदस्य प्रजाको उपचारका लागि नगद एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

उपचारमा सहजताका लागि प्रजाकै घरमा पुगेर संसदीय दलबाट ५० हजार र नेता बानियाँले गरेको ५० हजार गरि एक लाख रूपैयाँ सहयोग गरिएको छ । नेता बानियाँले प्रजाको स्वास्थ्य अवस्था र थप उपचारबारे जानकारी लिंदै आवश्यक सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर चेपाङ, प्रदेशसभा सदस्य पुकार महर्जन, कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, मनहरी गाउँपालिका सभापति प्रकाश वर्तौला, जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजी लुइँटेल लगायतकाको उपस्थिति रहेको थियो ।