नेपाल प्रहरीका १६ प्रहरी नायब उपरीक्षक ९डिएसपी० प्रहरी उपरीक्षक ९एसपी० मा बढुवा सिफारिस भएका छन । बढुवा समितिको सोमबार बसेको बैठकले एसपीमा बढुवा गर्न सिफारिस गरेको हो । बढुवा सिफारिसमा पहिलो नम्बरमा प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्सालमा कार्यरत भुवनेश्‍वर तिवारी परेका छन् ।