Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

२५ नाल भरुवा बन्दुक बरामद

Company Register
????????????????????????????????????

Advertisement

नेपाली सेना र शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज कार्यालयको टोलीले शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रबाट २५ नाल भरुवा बन्दुक बरामद गरेको छ । यही माघ ७ गतेदेखि ११ गतेसम्म स्थानीय जनप्रतिनिधिसमेतको सहयोगमा उक्त परिमाणमा हतियार बरामद भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

माघ ७ गते जगदुल्ला गाउँपालिकाबाट स्थानीय जनप्रतिनिधिको रोहवरमा १६ नाल भरुवा बन्दुक बुझेको, १० र ११ गते सोही गाउँपालिकाको सिम्लौना भन्ने स्थानमा रहेको गोठमा सर्च गर्दा २ नाल भरुवा बन्दुक फेला परेको निर्देशनालयले जनाएको छ । यस्तै, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं। ८ का वडा अध्यक्ष, मध्यवर्ती अध्यक्ष तथा स्थानीयको रोहवरमा पुनः थप ७ नाल भरुवा बन्दुक सेनाको टोलीले बुझेको जनाइएको छ । माघ १० र ११ गते बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत दाङ जिल्लाको बबई गाउँपालिका–१ को खयरखुट्टीस्थित एक जनाको घरबाट समेत एक नाल भरुवा बन्दुक बरामद गरी बाँके राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको निर्देशनालयले जानकारी दिएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...