Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

नागरिक प्रदर्शनमाथि भएको प्रहरी दमनको नेकपा दाहाल–नेपाल समूहद्वारा भर्त्सना

Company Register

Advertisement

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० दाहाल(नेपाल समूहले नागरिकको शान्तिपूर्ण प्रदर्शनमाथि भएको प्रहरी दमनको निन्दा गरेको छ । दाहाल(नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सोमबार साँझ विज्ञप्ति जारी गर्दै नागरिक समाजले गरेको शान्तिपूर्ण प्रदर्शनमाथि सरकारका तर्फबाट भएको बल प्रयोगको भर्त्सना गरेका हुन । विज्ञप्तिमा भनेका छन्, ‘संविधान र लोकतन्त्रको रक्षाको निमित्त संघर्षमा उत्रँदा गरिएको घोर दमनबाट सरकारको चरम अलोकतान्त्रिक चरित्र उदाङ्गो भएको छ ।’ नागरिक आन्दोलनले सञ्चालन गरेको संघर्षप्रति आफ्नो पार्टीले सम्मान व्यक्त गर्दै घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...