2025-12-11 8:44 pm

मकवानपुरगढीको सुकौरामा ६७ जना कांग्रेसमा प्रवेश

मकवानपुर गढी गाउँपालिका ७ सुकौरामा नेकपा र राप्रपा परित्याग गरी ६७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस गढी ७ का सभापति सुनराज स्याङतानको सभाध्यक्षता तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मकवानपुर पार्टी सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा शनिबार भएको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम भएको हो । पार्टी प्रवेश कार्यक्रममा नेकपा पुराना नेताहरु गोरखबहादुर पाख्रिन, पदमबहादुर योञ्जन, जयबहादुर योञ्जन, फुलमाया थिङ, राप्रपाका वडासदस्यका प्रत्यासी सन्तबहादुर मुक्तानलगायत नेकपा र राप्रपाका ६७ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीलाई नेता बानियाँले साधारण सदस्यता दिएर पार्टीमा स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला सदस्य एवं संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्य एवं गढी ७ का वडाअध्यक्ष सुर्यबहादुर रुम्बा, जिल्ला सदस्य एवं प्रशिक्षण विभाग सहसंयोजक दोर्जे लामा स्याङतान, प्रतिनिधिसभा २ का क्षेत्रीय सभापति यतिराज सापकोटा, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, पूर्व जिल्ला सदस्य बलराम घिमिरे, गढी गाउँपालिका सभापति एवं २ नम्बर वडाअध्यक्ष बखान सिं पाख्रिन, १ नम्बर वडाअध्यक्ष आईत सिं लोलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad