‘फूलबुट्टे चोली’ सार्वजनिक (भिडियो)

अनलाइन पत्र संवाददाता२०७७-०२-२४ No Comments

गज्जबक्रू टिमको तेस्रो प्रस्तुति ‘फूलबुट्टे चोली’ बोल गीतको भिडियो सार्वजनिक भएको छ। 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालको शब्द रहेको उक्त गीतको भिडियो गज्जब टिभी युट्युबमार्फत शुक्रवार सार्वजनिक गरिएको छ ।

दीपक शर्माको सङ्गीत, साहस शाक्यको एरेन्ज, श्यामश्वैत रसाइलीको मिक्सिङ रहेको छ भने यस भिडियोलाई सहिन प्रजापतिले निर्देशन गरेका छन् । गीतको भिडियोमा कलाकारहरू सहिन प्रजापति, कुशल विष्ट, जिवेशसिंह गुरुङ, सुनिशा बजगाईँको बेजोड अभिनय रहेको छ । नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियोलाई अर्जुन पोख्रेलले सम्पादन गरेका हुन् ।

Ad
Ad