नेपाल शिक्षक महासंघ मकवानपुर हेटौंडा उपमहानगर कमिटिले सरकारद्वारा जेष्ठ १५ मा प्रस्तुत बजेट बक्तब्यप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउदै प्रेस विज्ञप्ती जारी गरेको छ ।

महासंघ मकवानपुर हेटौंडा उपमहानगर कमिटि अध्यक्ष दीपक अधिकारी र सचिव अमित बञ्जारा द्वारा संयुक्त हस्ताक्षरीत विज्ञप्तीमा शिक्षकको पेशागत संस्थासंग सरकारले विगतमा गरेको सहमतिको खिल्ली उडाउँदै सामुदायीक विद्यालयमा न्यून तलवमा कार्यरत बालविकास शिक्षक तथा विद्यालय कर्मचारीको अविलम्व तलवमान कायम गरी स्थायी प्रक्रियामा लैजान माग गरेको हो । नीजि स्रोतमा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा संस्थागत विद्यालयका शिक्षकलाइ पारीश्रमिक नदिने तथा सेवाबाट बर्खास्त गर्ने कार्य तत्काल रोकी अबिलम्व पारीश्रमिक उपलब्ध गराइ पूनर्वाहाली गराउन समेत माग गरिएको छ ।

यसैगरी बजेट बक्तब्यको १६६ नंम्वर बुँदामा सामुदयिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको निम्ति संस्थागत विद्यालयलाइ जिम्वेवारी सुम्पने घोषणाले आम शिक्षकको मानहानी र सामुदयीक शिक्षाको जिम्वेवारी लिएको सरकार स्वयम् नै जिम्वेवारीबट पन्छन खोजेको भन्दै तत्काल यस्तो निर्णइ फिर्ता लिन पनि माग गरिएको छ ।

विज्ञप्तिमा, अन्य सेवामा प्रत्येक वर्ष दरवन्दी सृजना गर्न सक्ने सरकारले शिक्षक सेवामा विगत लामो समयदेखि दरवन्दी सृजना नगरी बजेट बक्तब्यको १७१ नं बुँदामा स्वयमसेवक शिक्षकको अवधारणा ल्याउनु आफैमा गलत रहेको भन्दै तत्काल आवश्यक दरवन्दी थप्न माग गरिएको छ । त्यसैगरी संघीय सरकारको बजेट घोषणा संगै अब बन्ने स्थानीय सरकारको बजेटमा शिक्षालाइ पहिलो प्राथमिकतामा राख्न पनि महासंघले माग गरेको छ ।