
मकवानपुरमा जारी विजय थुय क्लब भिडोल हेटौंडा गोल्ड कपमा आईतबार दुई खेल भएका छन् । आईतबार भएको खेलमा आयोजक विजय युथ क्लब र सेन्ट्रल कलेज भरतपुर बिएफसी क्लब विजयी भएका छन् । विजयी भएसँगै दुबै टिम सेमिफाइनलमा प्रवेश गरेका छन । पहिलो खेलमा सेन्ट्रल कलेज भरतपुर बिएफसीले काठमाडौँ एफसी क्लबलाई ४ का विरुद्ध १ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

त्यसैगरी दोस्रो खेलमा आयोजक टिम विजय थुथ क्लबले सर्लाही जिल्ला फुटबल संघलाई २ का विरुद्ध सुन्य गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो । आज भने एक खेल मात्र हुने आयोजकले जनाएको छ । आज सोमबार बागमती युवा क्लब सर्लाही र दुधौली क्लब बिच खेल हुने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




