बागमती गोल्डकप : एपीएफ २–० गोल अन्तरले विजयी

मकवानपुरको बागमती गाउँपालिकामा जारी चौथो बागमती गोल्डकपको आज भएको खेलमा एपीएफ क्लव काठमाडौ विजयी भएको छ । एपिएफले रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ लाई २–० गोल अन्तरले पराजित गर्दै बिजयी भएको हो । पहिलो हाफको खेलमा दुबै टोलीबाट गोलरहित बराबर भएको खेलमा दोस्रो हाफमा एपिएफले २ गोल गर्दै विजयी भएको हो ।

एपीएफका जर्सी नम्बर ७ का प्रदीप लामाले दोस्रो हाफको २६ औं मिनेटमा गोल गर्दै टीमलाइ अग्रता दिएका थिए । त्यस्तै एपीएफकै तर्फबाट ४५ औँ मिनेटमा जर्सी नम्बर ३ का मान बहादुर रानाले गोल गर्दै टिमलाई जित दिलाएको थियो । खेलको म्यान अफ दि म्याच एपिएफका जर्सी नम्बर ७ का प्रदीप लामा घोषित भए । उनले पुरस्कार स्वरुप नगद ५ हजार समेत प्राप्त गरे । प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख, द्वितीय हुनेलाई ४ लाख, सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार, बिधागत उत्कृष्ट खेलाडीलाई प्रतिखेलडी १०र१० हजार, म्यान अफ दि म्याचलाई जनही ५–५ हजार प्रदान गरिने छ । प्रतियोगिता अन्तरगत भोलि सोमबार बिर्तामोड युनाइटेड झापा र अफ्रीकन रुष्ट यसोसियशन बीच खेल हुने आयोजकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad