Comments Add Comment

पछिल्लो २४ घण्टामा मकवानपुरमा ४६ जना कोरोना संक्रमित थपिए

मकवानपुरमा बुधबार एकै दिन थप ४६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । बुधबार दिउसो र साँझ आएको रिपोर्टमा गरी एकै दिनमा ४६ जना संक्रमित थपीएका हुन् । दिउसो आएको रिपोर्टमा हेटौंडा उपमहानगरपालिका सहित स्थानिय तहमा गरी थप १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हेटौँडाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिएका छन् ।

दिउसो पुष्टि भएका १४ जनामा हेटौंडा उपमहानगरपालिकाका ७ जना, थाहानगरका २ जना, मनहरी गाउँपालिकाका ४ जना र राक्सिराङ गाउँपालिकाका १ जना रहेका छन् । साँझ पुष्टि भएकोे ३२ जना हेटौंडाका विभीन्न वडाका कोरोना संक्रमित थपीएको हेटौँडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक चौलागाईले जानकारी दिए । दिउसो आएको रिपोर्टमा भने १४ जना मकवानपुरका बिभीन्न स्थानीय तहबाट थपीएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर