Comments Add Comment

हेटौंडामा दुई चरण गरी बजार खुल्ने , कुन समयमा कुन व्यवसाय खोल्न पाउने ?

हेटौँडामा बजार खुल्ने समय बढाइएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बुधबार बिहान बसेको सर्वपक्षीय बैठकले दुई चरणमा बजार खोल्ने गरी समय बढाएको हो । यसअघि बजार बिहान ५ बजेबाट १० बजेसम्म खुल्दै आएकोमा अब बिहान र दिउँसो गरी २ चरणमा हेटौँडाका व्यवसायहर खोल्न मिल्ने प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए ।

नेपालका अनुसार बिहान ५ बजेदेखि ९ बजेसम्म खाद्यान्न, तरकारी र दुग्धजन्य पदार्थका पसल व्यवसाय खुल्ने छ भने बिहान १० बजेदेखि ३ बजेसम्म अन्य पसल खुल्नेछन् । बैंक तथा वित्तीय संस्था बिहान १० बजेदेखि ३ बजेसम्म खुल्नेछन् । प्रशासनले निजी सवारीलाई जोर विजोर प्रणालीमा सञ्चालन हुन दिने निर्णय गरेको छ । यो निर्णय भदौ २६ गतेदेखि असोज ५ गतेसम्मका लागि लागु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर