निशा गुरुङ / वाग्मती प्रदेश सरकार मातहतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाले प्रदेश सरकार मातहतका ७ वटा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । बुधबार वाग्मती प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । मन्त्री श्रेष्ठले वाग्मती प्रदेशका भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, पशुपति चौलागाईँ स्मृति अस्पताल दोलखा, मेथिनकोट अस्पताल काभ्रे, रामेछाप अस्पताल र बकुलहर रत्ननगर अस्पताललाई (ख) वर्गको एम्बुलेन्स अस्पतालका प्रतिनिधीहरुलाई एम्बुलेन्सको चाबी हस्तान्तरण गरे ।
५२ लाख ९० हजार रुपैयाँका दरले टेण्डर मार्फत खरिद गरिएको सात वटा एम्बुलेन्स आज हस्तान्तरण गरिएको हो । सात वटा एम्बुलेन्सको कुल लागत ३ करोड ७० लाख रुपैयाँमा खरिद गरिएको हो । खरिद गरिसकिएको एउटा एम्बुलेन्स भने केही दिनमा हस्तान्तरण गरिने भएको छ । खरिद गरि ल्याइसकिएको केन्द्रले जनाएको छ । हस्तान्तरण कार्यक्रमलाई संबोधन गर्दै मन्त्री श्रेष्ठले सरकारको दायित्व जनताको स्वास्थ्य सुरक्षा भएकोले आफू मन्त्री नियुत्त भएपछिको पहिलो निर्णय नै एम्बुलेन्स प्रदान गर्ने र जनस्वास्थ्यको चासो राख्ने रहेको बताए । उनले स्वास्थ्यमा गरिवी , लोपुन्मुख ,सिमान्तकृत जनताहरुको पहँुच पुग्न सहज होस् भन्ने उदेश्यले एम्बुलेन्स हस्तारण गरिएको जानकारी दिए ।
एम्बुलेन्समा बिरामी सहित बिरामीको २ जना कुरुवाहरु, स्वास्थ्यकर्मी बस्ने सुविधादेखि अत्याधुनिक सेवा सुविधा अन्तरगत डेलिभरी सेट, ड्रेसिङसेट, वासिङ यक्युपमेन्ट,टु वे भिडियो कन्भसेसन डिभाइस, मोबाइल डिभाइस, फो जि कनेक्टेभिटी डिभाइस,वाकीटकी, क्यामरा, जिपिए सिक्टम समेत जडान गरिएको छ ।