मकवानपुरमा एक जनाको शव फेला परेको छ । जिल्लाको भिमफेदी गाउँपालिकामा खोलाले बगाएको अवस्थामा एक जनाको शव फेला हो । भीमफेदी– ८ स्थित इपा खोलाले बगाएको अवस्थामा अन्दाजी ३२ वर्षीय एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शव हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ। शवको शनाखत भएको छैन ।