मकवानपुरको मनहरी गाउँपालिका वडा नंबर ५ निवासी रुप्चन लोले सोहि गाउँपालिकाको सुर्यकिरण क्लबलाई जर्सी तथा जुराफ सहयोग गरेका छन् । रोजगारीको लागि हाल कतारमा रहेका लोले आईतबार सागर लो मार्फत १६ थान जर्सी तथा १६ थान जुराफ सहयोग गरेका हुन् । आईतबार एक कार्यक्रमबिच क्लबका अध्यक्ष बिरबहादुर मिजारलाई उक्त खेलकुद सामग्री हस्तान्तरण गरिएको हो । लोले आगामी दिनमा पनि गाउँको खेलकुद तथा अन्य गतिविधिको लागि आफुले सकेको सहयोग जारी रहने बताए ।