यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

आईपिएल : राजस्थानमाथि बैंगलोरको जित


इन्डियन प्रिमियर लिग ९आईपीएल०मा रोयल च्यालेन्जर्स बैंग्लोरले ७ विकेटको जित निकालेको छ । टस जितेर ब्याटिङ रोजेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७७ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको बैंग्लोरले १९। ४ ओभरमा १७९ रन बनाउँदै लक्ष्य पूरा गरेको हो । खेलमा एबि डिभिलियर्सले २२ बलमा ५५ रन बनाए । त्यस्तै विराट कोहलीले ४३ रन बनाएका थिए । राजस्थानका लागि कप्तान स्टीभ स्मिथले ५७, रविन उथप्पाले ४१, बेन स्टोक्सले १५, सञ्जु स्यामसनले ९, जोस बटलरले ९, जोफ्रा आर्चरले २ र राहुल तेवेतियाले नटआउट १९ रन बनाए ।