नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा आगामी फागुनको ४ र ५ गते हुने भएको छ । हेलम्बुको शेर्माथानमा बसेको केन्द्रीय समितिको बैठकले साधरणसभा फागुनमा गर्ने निर्णय गरेको हो । साधारणसभाको एक महिनापछि अधिवेशन गर्ने बैठकले सहमति गरेको छ । देशको बदलिँदो राजनीतिक परिवेशमा प्रेस स्वतन्त्रताको रक्षाका लागि सबैलाई अपिल गर्ने महाशाखाले निर्णय गरेको अध्यक्ष गोविन्द आचार्यले जानकारी दिए । यस्तै जिल्ला शाखा सिन्धुपाल्चोकको साधारणसभा पनि माघ २४ गतेलाई तोकिएको आईतबार बसेको शाखाको बैठकले निर्णय गरेको छ । शनिबार पत्रकार महासंघको टोली सिन्धुपाल्चोक जिल्लाको हेलम्बु पुगेको थियो।