आदिवासी जनजाति युवा महासंघ मकवानपुरको अध्यक्षमा इन्द्र बहादुर मोक्तान चयन भएका छन् । मंगलवार बसेको जिल्ला भेलाले मोक्तानलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । मोक्तानको नेतृत्वमा १७ जना कार्यसमिति चयन भएको छ । उपाध्यक्ष सानु गुरुङ् ,आशिष थापा , लोकेन्द्र माझी चयन भएका छन् । यसैगरी , सचिवमा भुपेन्द्र राना मगर , सह–सचिवमा बुद्ध बराम, कोषाध्यक्षमा सुनिल खड्की चयन भएका छन् ।
यस्तै सदस्यहरुमा मनिता राना मगर , सुर्य अस्लामी मगर , युवराज लो , अरुण मोक्तान , ओम शंकर स्याङतान् , शुरज बाबु तितुङ , नमराज सिन्तान , गौरी तामाङ र छोइसाङ् स्याङ्तान चयन भएका छन् । आदिवासी जनजाति युवा महासंघ नेपालको केन्द्रिय प्रतिनिधि रोशन गोलेको सभाध्यक्षतामा भएको भेलामा जनजाति महासंघ नेपालको उपमहासचिव रामकृण ब्लोनको प्रमुख आतिथ्यता रहेको थियो । भेलामा आदिवासी जनजाति महांघ वाग्मती प्रदेशका अध्यक्ष बिलाम मोक्तान , नेपाल तामाङ् युवा घेदुङ केन्द्रिय सदस्य राजकुमार गोले , नेपाल मगर संघ मकवानपुरका अध्यक्ष सन्देश तुम्सिङ मगर , लगायतको आथित्यता रहेको थियो ।