मकवानपुरगढी–६ मा न्यापानेमाथि निर्घात कुटपिट , टोकेर आधा काननै छिनायो

मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ६ अजिङ्गरेमा एक पुरुषमाथि निर्घात कुटपिट भएको छ । बारीमा काम गरिरहेका ४९ वर्षिय टेकप्रसाद न्यौपानेमाथि दुई जना आएर कुटपिट गरेको हो । कुटपिट गर्नेमा सोही ठाउँका ५९ वर्षीय भवानीप्रसाद चौलागाई र कृष्णप्रसाद चौलागाई रहेको प्रहरीले जनाएको छ ।

न्यौपानेमाथि कुटपिट गरेर बायाँ कान टोकी आधा काननै छिनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा चौलागाईद्वयलाई पक्राउ गरेर अनुसन्धान गर्न जाहेरी दिन खोजेपनि प्रहरीले जाहेरी लिन नमानेको पीडित पक्षले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार ऐलानी जग्गाको विषयमा उनीहरुबीच झगडा भएको र दुबै पक्षलाई राखेर ऐलानी जग्गाको विषयमा गाउँपालिकासँग समन्वय गर्न अनुरोध गरिएको जनाएको छ ।

अनलाइनपत्र संवाददाता

Next Post

आदिवासी जनजाति युवा महासंघ मकवानपुरमा मोक्तानको नेतृत्व

Wed Mar 29 , 2023
आदिवासी जनजाति युवा महासंघ मकवानपुरको अध्यक्षमा इन्द्र बहादुर मोक्तान चयन भएका छन् । मंगलवार बसेको जिल्ला भेलाले मोक्तानलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । मोक्तानको नेतृत्वमा १७ जना कार्यसमिति चयन भएको छ । उपाध्यक्ष सानु गुरुङ् ,आशिष थापा , लोकेन्द्र माझी चयन भएका छन् । यसैगरी , सचिवमा भुपेन्द्र राना […]

सम्बन्धित खबर