Comments Add Comment

मकवानपुरमा एमालेद्वारा संघ र प्रदेशको उम्मेदवारको नाम सिफारिस

एमाले मकवानपुरले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको लागि उम्मेदवार सिफारिस गरिएको छ । एमालेले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको छुट्टा छुट्टै बैठकले सो नाम सिफारिस गरेको हो। एमालेले मकवानपुर क्षेत्र नम्बर १ को उम्मेदवारको लागि ५ जनाको नाम सिफारिस गरेको छ।

बैठकले नेकपा एमालेका केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज रामेश्वर राना,केन्द्रीय सदस्य तथा हालका प्रतिनिधि सभा सदस्य कृष्णप्रसाद दाहाल, मदनकुमार दाहाल,नरहरी महत र रमिला सापकोटालाई उम्मेद्वारका लागि सिफारिस गरेको हो ।त्यसैगरी शनिबार बसेको एमालेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नम्बर २ को बैठकले ३ जनाको नाम सिफारिस गरेको हो ।

बैठकले नेकपा एमाले बागमती प्रदेश उपसचिव महेशकुमार बर्तौला, बागमती प्रदेश सदस्य सुवासचन्द्र ठकुरी र एमाले नेता बुद्धरत्न मानन्धरलाई उम्मेदवारको रुपमा सिफारिस गरेको हो।दुबै निर्वाचन क्षेत्रका उम्मेदवारको नाम जिल्ला कमिटीलाई सिफारिस गरेको हो । एमालेको शुक्रबार चारै प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको छुट्टाछुट्टै बसेको बैठकले जिल्लाको चार प्रदेशसभा निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फ २३ जना सिफारिस गरेको थियो। प्रतिनिधिसभा क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेशसभामा अणराज जर्गामगर, राजकुमार तिमल्सिना, दिलबहादुर घिसिङ्ग, कृष्णप्रसाद चौलागाई, कमल विष्ट, नारायण सापकोटा, दिपक न्यौपाने र सीता बिष्टलाई सिफारिस गरेको हो।

त्यस्तै प्रदेशसभा १ ‘ख’ बाट रघुनाथ खुलाल, श्रीधर पोखरेल, एकलाल श्रेष्ठ, भोजराज ढकाल, सम्राट तुम्बाहाम्फे, धुव्रप्रसाद चौलागाई, आरती पाठक र कुमार केसीको नाम सिफारिस गरिएको हो । त्यसैगरी एमालेले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को ९क ० बाट प्रदेशसभामा बलराम बल, विष्णु ढकाल र चमेलीमायाँ वाइवाको नाम सिफारिस गरेको छ। त्यसैगरी प्रदेशसभा ’ख’ बाट लालबहादुर थापा, सुरेन्द्र पाठक, श्यामप्रसाद ढकाल र पम्फा रोक्काको नाम सिफारिस गरिएको एमाले मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर