Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

रिजन गिरीको म्युजिकल फिल्म ‘दशैं’ सार्वजनिक (भिडियो)

Company Register

रिजन गिरीको म्युजिकल फिल्म ‘दशैं’ सार्वजनिक भएको छ । यस म्युजिकल फिल्ममा रिजनलाई गङ्गा गिरीले आवाज दिएर साथ दिएकी छिन् । गीतमा शब्द तथा सङ्गीत पनि गायक गिरी कै रहेको छ ।

सत्य घटनामा आधारित भिडियोले इराकमा १२ जना नेपालीको हत्या भएको घटनालाई स्मरण गराएको छ । दशैंको समयमा विदेशमा रहेका आफन्त घर फर्किन नपाएको पीडासँग १२ नेपालीको हत्याको घटना जोडेर निर्माण गरिएको यस भिडियो निकै मार्मिक र कारुणिक रहेको छ ।

Advertisement

नेपालीहरूको महान चाड दशैँ नजिकिँदै जाँदा लाखौँ नेपाली दाजु भाइ दिदी बहिनी विदेशी भूमिमा कठोर सङ्घर्षका साथ बाँचिरहेको र आफ्नो घर परिवारको साथमा दशैँ मनाउने चाहाना पुरा नहुँदा हुने पिडालाई निकै यथार्थ परक रूपले गीतमा प्रस्तुत गरिएको छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...