हास्य कलाकार राजा राजेन्द्र पोखरेलको लिरिकल भिडियो ‘आमा जननी मेरी माता’ सार्वजनिक भएको छ । नजिकिदै गरेको मातातिर्थ औंसीलाई लक्षित गरि भिडियो सार्वजनिक गरिएको हो । राजा राजेन्द्रकै स्वर,शब्द तथा संगित रहेको गितमा एउटी आमाले आफ्नो सन्तानलाई हुर्काउदाको भोगाई प्रस्तुत गरिएको छ ।

लिरिकल भिडियोमा निकै आकर्षक शैलीमा पिपलको पातमा आमा र बच्चाको आर्ट प्रस्तुत गरिएको छ । बिराज भण्डारीको उक्त आर्टलाई सन्जीप श्रेष्ठले भिडियोमा कन्भर्ट गरेका हुन् । लिरिकल भिडियो भने दिवस हुमागाईले बनाएका हुन् । पोखरेल कमेडीमा मात्र नभएर गायनमा पनि उत्तिकै झुकाव राख्ने गर्छन् । पोखरेलको पिरतीको चस्मा वोलको गितलाई दर्शकले रुचाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

4173 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू