Comments Add Comment

गायक निशान भट्टराईको नयाँ गीत ‘आटो पिठो’ सार्वजनिक (भिडियो सहित)

गायक निशान भट्टराईको नयाँ गीत लिएर आएका छन् । ‘आटो पिठो’ बोलको गीत भिडियोसँगै युट्युबमा सार्वजनिक भएको हो । गीतमा निशानलाई गायिका सोनिका लामाले आवाज दिएर साथ दिएकी छिन् ।

गीतमा दीपक शर्माको शब्द तथा सङ्गीत रहेको छ भने नरेन्द्र वियोगीले एरेन्ज गरेका छन् । सोमबार सार्वजनिक भिडियोमा अभिनेता पल शाह र अभिनेत्री एलिजा गौतम फिचर्ड छन् । टेकेन्द्र शाहले निर्देशन गरेको भिडियोलाई गम्भीर विष्टले कोरियोग्राफी गरेका हुन् । रामकुमार केसीले छायाङ्कन गरेको भिडियोमा टेकेन्द्र शाहले नै सम्पादन गरेका हुन् ।

म्युजिक भिडियो लाईमलाईट नेपालको युट्युब च्यानलमा उपलब्ध छ । गीतले आफ्नै देशमा बसेर खुसी हौँ र परिवारलाई स्वर्ग बनाउँ भन्ने संदेश बोकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर