बलिउड सुपरस्टार सलमान खान र अक्षय कुमारको वक्सअफिस भिडन्त पक्का भएको छ। आईफा अवार्डको रेड कार्पेटको क्रममा आगामी वर्षको ईदमा दुईको भिडन्त हुने निश्चित भएको हो।

ईदमा अक्षय कुमारले आफ्नो फिल्म लक्ष्मी बम रिलिज हुने घोषणा गरिसकेका छन्। भने हालै भएको आईफा अवार्डको रेड कार्पेटमा सलमानले आगामी वर्ष ईदमा आफ्नो फिल्म रिलिज हुने पुष्टि गरेका छन् । जसका कारण अक्षय र सलमानको वक्सअफिस भिडन्त हुने पक्का भएको हो ।