2025-12-07 9:39 am

आजबाट चलचित्र ‘रातो टिका निधार’मा देशभर प्रदर्शनमा

दशैंको अवसर पारेर आजबाट रिलिज गर्न लागेको फिल्म ‘रातो टिका निधारमा’को टिकट बुकिङ खुल्ला गरिएको छ । यो फिल्मले मल्टिप्लेक्सको हलमा सन्तोषजन शोज पाएको छ ।यो फिल्मले क्युएफएक्समा ३४ शोज पाएको छ भने बिग मुभिजमा ६ शोज, एफक्युबमा ५ शोज, सीडीसीमा ५ शोज, बीएस्आरमा ६ शोज पाएको छ ।

फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, अकिंत शर्मा, बुद्धि तामाङ, रविन्द्र झा, शिवहरी पौडेल, निता ढुंगाना, खुश्बु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, बसुन्धरा भुषाल, जयानन्द लामा, राजाराम पौडेल, कमला रेग्मी लगायत कलाकारको अभिनय रहेको छ ।अकिंत शर्मा आफ्नै होम प्रोडक्शनको फिल्मबाट डेब्यु गर्दैछन् ।अशोक शर्माले निर्देशन गरेको फिल्ममा किरण शर्मा र कृति शर्माको लगानी रहेको छ । पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad