काठमाडौं । लोक तथा दोहोरी गायक एवं सर्जक रामकृष्ण बम मल्लको नयाँ सांगीतिक प्रस्तुति ‘तिम्रै चिनो’ सार्वजनिक भएको छ। झण्डै तीन दशकदेखि नेपाली लोक संगीतमा सक्रिय मल्लको यो गीत ‘पिरो क्रियशन’ नामक युट्युब च्यानलमार्फत बजारमा आएको हो।

गीतमा गायक बसन्त थापा, रामकृष्ण बम मल्ल र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ। गीतका शब्दहरू बसन्त थापाले संकलन गरेका हुन् भने संगीत भर्ने काम स्वयं मल्लले गरेका छन्। माया र सम्बन्धका स्मृतिहरूलाई मुख्य विषयवस्तु बनाइएको गीतमा मानवीय संवेगलाई प्रस्तुत गरिएको छ।

म्युजिक भिडियोको निर्देशन वरिष्ठ भिडियो निर्देशक शिव बिकेले गरेका हुन्। ग्रामीण परिवेश र मौलिक पहिरनलाई प्राथमिकता दिइएको भिडियोमा कलाकारहरूको अभिनयमार्फत गीतको भाव बुझाउने प्रयास गरिएको छ।

बागलुङमा जन्मिएका मल्ल विगत लामो समयदेखि जापानलाई आफ्नो कर्मथलो बनाउँदै आएका छन्। वैदेशिक रोजगारीका सिलसिलामा जापान प्रवेश गरेका मल्ल हाल त्यहाँ व्यवसायीका रूपमा स्थापित छन्। व्यवसायसँगै उनी नेपाली लोक संगीत र सामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

तपाईको प्रतिक्रिया दिनुहोस्

लेखकको बारेमा

लेखक

अनलाइनपत्र संवाददाता

वरिष्ठ समाचार लेखक

​Onlinepatra.com एक नेपाली समाचार पोर्टल हो जसले राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार, राजनीति, प्रान्तीय अपडेट, मनोरञ्जन, खेलकुद, र थप विविध सामग्री प्रदान गर्दछ। यो प्लेटफर्म Online Patra Media Pvt. Ltd. द्वारा सञ्चालित छ, जुन हेटौडा, मकवानपुर, नेपालमा आधारित छ।

815 लेखहरू
5 years पहिले सदस्य
0 कमेन्टहरू