काठमाडौँ – गायकद्वय सत्यराज आचार्य र स्वरुपराज आचार्यको स्वरमा रहेको नयाँ गीत ‘मैसाब’ सार्वजनिक भएको छ । बिहीबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत उक्त गीत सार्वजनिक भएको हो ।

गीतमा संगीत पनि सत्य–स्वरुपकै रहेको छ भने शब्द सृजना अमृत खतिवडा भान्जाभाइ र सत्य–स्वरुपकै रहेको छ ।

कविराज गहतराजको निर्देशन तथा दीपकराज सुनारको कोरियोग्राफी रहेको मैसाबको भिडिओमा नायक पल शाह र छुकिला शेर्पाको अभिनय रहेको छ । मैसाबको भिडिओलाई सुदीप बरालले छायांकन गरेका हुन् ।