यस वर्षको बहुप्रतिक्षीत भनिएको सिनेमा ‘प्रेमगीत ३’ को पहिलो गीत सार्वजनिक भएको छ। ‘हात्ती ढुंगामा’ बोलको गीत मंगलवार निर्माण टिमले सार्वजनिक गरेको हो। चैत २८ गतेबाट प्रदर्शनमा आउने सिनेमाको गीतमा कल्याण सिंहको संगीत र हर्क साउदको शब्द रहेको छ भने गायक सागर आले र गायिका मेलिना राईको स्वर छ। कविराज गहतराजको कोरियोग्राफी रहेको गीत निकै भिन्न शैलीमा तयार पारिएको छ।

गीतमा अभिनेता प्रदीप खड्का र नव–अभिनेत्री क्रिस्टिना गुरुङ प्रस्तुत भएका छन्। छेतेन गुरुङ र सन्तोष सेनले मिलेर निर्देशन गरेको सिनेमालाई राजेश श्रेष्ठले खिचेका हुन्। कुमार शान शाह र ओएसआर डिजिटल सह–निर्माता रहेको फिल्मका निर्माता सन्तोष सेन हुन्। सिनेमामा प्रदीप र क्रिस्टिना ‘प्रेम’ र ‘गीत’ को भूमिकामा छन्। शिव श्रेष्ठ, सुनिल थापा, अनुभव रेग्मी, लक्ष्मी बर्देवा, सन्तोष सेन, प्रेम पुरी, मनिष राउत लगायतको पनि अभिनय रहेको छ।

चन्द्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेको सिनेमाको कथा छेतेन गुरुङ र मन्दिप गौतमले लेखेका हुन्। बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको सिनेमामा हिमाल केसीको एक्सन कोरियोग्राफी छ।

भिडियो

https://youtu.be/UaeScocRNsQ