Comments Add Comment

पाथीभरा माताको दर्शन गर्दै ! हेर्नुहोस् ,२०७७ जेठ ३१ गतेको तपाइको आजको राशिफल

आजको पञ्चाङ्ग

बि.सं. २०७७ जेठ ३१ गते शनिवार । इ.सं. 13 June 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० तछलाथ्वप्रमादीउत्तरायण । ग्रीष्म ऋृतु आषाढ कृष्णपक्षतिथि अष्टमी , २५:४२ बजे उप्रान्त नवमी । नक्षत्र पूर्वभाद्रपदा , २२:४४ बजे उप्रान्त उत्तरभाद्रपदा। योग प्रीति , १२:५३ बजे उप्रान्त आयुष्मान् । करण वालव १२:५० बजेदेखि कौलव , २५:४२ बजे उप्रान्त वालव। चन्द्रराशि कुम्भ  । आनन्दादी योग काल। दिनमान ३४ घडी ३३ पला । सूर्योदय ०५: ०९ बजे । सूर्यास्त बेलुका १८:५९ बजे ।

पञ्चक। अष्टमी व्रत। गोरखकाली पूजा। देउपाटनमा त्रिशूलयात्रा। भलभल–अष्टमी।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

व्यवसायको सन्दर्भमा आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । पर्यटकीय भ्रमणले मन लोभ्याउनेछ र यात्राका अवसर मिल्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

मित्रहरूले दिएको वचन फेरिन सक्छ । फजुल खर्चले चिन्ता बढाउनेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सामाजिक र धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । छोटो यात्राको योगपनि रहेको छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

मित्र प्राप्तिका साथै कार्य लाभका योग देखिन्छन् । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ कार्यको थालनी हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ । कृषि क्षेत्रमापनि राम्रो हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । प्रेमिले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव समेत आउन सक्छन् ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रोकिएका कार्यको नयाँ योजना बन्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । कला र मनोरञ्जनमा अभिरुचि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला । – ज्यो.प. नारायणप्रसाद दुलाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर