आजको पञ्चाङ्ग
बि.सं. २०७७ असोज ०१ गते बिहीवार । इ.सं. 17 September 2020 । शक संवत १९४२ । नेपाल संवत ११४० ञलगा । प्रमादी । दक्षिणायन । शरद ऋृतु । आश्विन कृष्णपक्ष। तिथि औंसी , १६:५९ बजे उप्रान्त प्रतिपदा नक्षत्र पूर्वफाल्गुनी , १०:५३ बजे उप्रान्त उत्तरफाल्गुनी योग शुभ , २६:४४ बजे उप्रान्त शुक्ल करण चतुष्पद ०६:०१ बजेदेखि नाग , १६:५९ बजे उप्रान्त कौलव चन्द्रराशि सिंह । आनन्दादी योग गद। दिनमान ३० घडी ३५ पला । सूर्योदय ०५:५० बजे । सूर्यास्त बेलुका १८:०४
आश्विन संक्रान्ति। दर्श-श्राद्ध। औंसी श्राद्ध। पितृ विसर्जन, सोह्रश्राद्ध समाप्ति। हलो तथा निशि बार्ने औंसी। विश्वकर्मा पूजा। वास्तु दिवस।
तपाईको आजको राशीफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । बुद्धिको उपयोग गर्नाले जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । ज्ञान, वैराग्य र अध्यात्मको भावना जाग्न सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)धार्मिक/सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको काम सम्पादन हुनसक्छ । प्रतिस्पर्धामा सफलता मिल्न सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)सामान हराउने वा चोरी हुने सम्भावना छ । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइन सक्छ र दैनिक काममा अवरोधको सामना गर्नुपर्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आफनतले काममा सहयोग गर्नेछन् । कसैकसैका लागि सन्तान प्राप्तिको योगपनि छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारका सदस्यहरूसित भेटघाट हुनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)आफन्त संग मनमुटाव बढ्ला । स्वास्थमा समस्या देखापर्न सक्छ अत: सचेत रहनु होला । मानसिक चिन्ता र आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरु पुरा हुनेछन् । स्वास्थ्य सबल रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)आज परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । चिताएको कामले तीव्रता लिनेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।