नेपाल शिक्षक महासंघ हेटौंडा उपमहानगर पालिकाले जेष्ठ २९ गते आसन्न आर्थिक बर्ष २०७७/०७८ को बार्षिक बजेट निर्माणमा शिक्षा क्षेत्रलाइ प्राथमिकतामा राख्न एक ज्ञापनपत्र पेश गरेको छ ।

विभिन्न शैक्षिक गुणस्तर सुधार, बिद्यालयको आर्थिक सवलिकरण तथा शिक्षकका पेशागत सवालहरु लगाएतका अन्य बिषयहरु समावेस गरेर महासंघले ज्ञापन पत्र बुझाएको हो । २१ बुंदा सहितको ज्ञापन पत्रमा छलफल गर्न शिक्षकका पेशागत संस्थाका जिल्ला नेतृत्वहरु नगर नेतृत्वहरु सहितको टोलि हेटौंडा उपमहानगर पालिकामा गएका हुन् । नगर प्रमुख हरिबहादुर महतले छलफललाइ सकारात्मक भएको बताउनुभएको छ । सुझावहरुलाइ दृष्टिगत गर्दै बजेट निर्माण हुने कुरा उहाले बताउनु भएको हो ।


तत्कालै यो विषम परिस्थितिमा बालबलिकालाइ शैक्षिक गतिबिधिमा जोड्न के गर्न सकिन्छ भन्ने महतको प्रश्नमा महासंघले आफ्नो धारणा समेत राखेको थियो । महासंघले आफ्नो धारणा राख्ने क्रममा शिक्षा बिज्ञान तथा प्रबिधी मन्त्रालयले असारको १ गतेबाट बिद्यालय नखोली बढी भन्दा बढी बालबालिकालाइ विभिन्न उपायहरुलाइ जोडेर पठन पाठनमा जोड्न गरेको अनुरोधलाइ हामीले पनि मध्हेयनजर गरेका छौं । हेटौंडा उपमहानगर पालिका भित्रका बिद्यालयहरुले के कस्तो तयारी गर्दा विद्यालय खोल्न सकिन्छ त्यसका लागि हामी सरोकारवाला संग अन्तर्कृया गर्न तत्काल प्रधानाध्यापक, शिक्षकका पेशागत संस्था हेटौडा उपमहानगर पालिकाका प्रमुख उप प्रमुख सामाजिक बिकास समिति शिक्षा बिकास महाशाखा सहितको बृहत् छलफल अनलाइन प्रबिधिको प्रयोग गरेर राख्ने जवाफ महासंघ अध्यक्ष दीपक अधिकारीले दिएका थिए । रचनात्मक कामका लागि आएको सुझावलाइ हामी सचेत छौं भन्दै मेयर महतले सुझावलाइ कार्यन्वयन गर्ने बताउनुभयाे