आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’को रिलिज मिति सरेको छ । फिल्म ११ अगस्ट २०२२ मा सिनेमाघरहरूमा रिलिज हुने भएको छ ।

निर्माताले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिनुभएको हो । उहाँले लेख्नुभएको छ, ‘हामी लाल सिंह चड्डा १४ अप्रिलको सट्टा ११ अगस्टमा रिलिज हुने घोषणा गर्दैछौँ । हाम्रो फिल्म अझै तयार नभएकाले हामीले यो निर्णय गरेका हौँ ।’

यस फिल्ममा आमिरसँगै करिना कपुर खान र नागा चैतन्य पनि देखिनेछन् ।

https://www.instagram.com/p/CZ_pxGEpX2J/?utm_source=ig_web_copy_link