काठमाडौं – प्राङ्कस्टार आकाश सेढाईंलाई प्रहरीले पक्राउ गरेको छ। प्राङ्कको नाममा सर्वसाधारणलाई शारीरिक तथा मानसिक सास्ती दिएको भन्दै प्रहरीले पक्राउ गरेको हो।

प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट जारी प्रेस विज्ञप्तिमा आकाशले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुर गरेको जनाइएको छ। जिल्ला अदालत काठमाडौंले फागुन ३ मा प्रहरीलाई पक्राउ अनुमति दिएकाे थियाे।

झापा विर्तामोड घर भएका २७ वर्षिय सेढाईंले आठ वर्षदेखि प्राङ्क भिडियो बनाउने कार्य गर्दै आएका छन् ।आकाशको नेपाली प्राङ्कस्टार नामक युट्युब च्यानल रहेको छ। जसमा पाँच लाखभन्दा धेरै सब्सक्राइबर रहेका छन्।