नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच आज एकता भएको छ। राष्ट्रिय सभागृहमा आयोजित एक समारोहमा यी दुई पार्टीबीच एकता भएको हो। देवेन्द्रसिंह महताले नेतृत्व गरिरहेको नेकपा जनवादी र माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी बीच एकता भएको हो। महता नेतृत्वको नेकपा जनवादी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबाट अलग भई २०७७ मा भूमिगत रुपमा संगठित भएको थियो।