Photo Source : Google

काठमाडौं । बलिउड अभिनेता सलमान खान नेपाल आउने भएका छन् । बैशाख ३ गते दशरथ रंगशालामा हुने कार्यक्रमको लागि सलमानसहितका भारतीय कलाकारलाई नेपाल ल्याउन लागिएको ओडीसी इन्टरटेनमेन्टले जानकारी दिइएको छ ।

ती कलाकारलाई सम्झौताअनुसार भुक्तानी गर्नुपर्ने कूल रकममध्ये ४ करोड रुपैयाँ पारिश्रमिक पठाउन ओडीसीले बुधबार पर्यटन मन्त्रालयबाट राष्ट्र बैंकमा भुक्तानी पठाउन सिफारिस पत्र लिएको छ ।

यसअघि २०७४ फागुन २६ गते सलमानसहितका कलाकारले काठमाडौंमा दबंग रिलोडेड कार्यक्रममा भाग लिने जनाइएको थियो तर, विवादले उक्त कार्यक्रम स्थगित भयो । सोही सम्झौताअनुसार अब भने सलमान आउने पक्का भएको हो ।

सलमानसहित सोनाक्षी सिन्हा, ज्याकलिन फर्नान्डिज, प्रभु देवा, मनिष पौल, आयुष शर्मा लगायतका कलाकार आउनेछन् ।