नेपालमा कारोना भाइरस कोभिड १९ संक्रमित अर्को व्यक्ति पनि फेला परेका छन् । योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ५ पुगेको छ ।

Case Update time : 28-03-2020 | Time – 4:55 PM

बागलुङकी एक १७ बर्षीया किशोरीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । कोरोना भाइरस संक्रमित युरोपेली मुुलुक बेल्जियमबाट नेपाल फर्किएकी ती किशोरीमा भाइरस संक्रमित भएको पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनु भएको छ ।

संक्रमित किशोरी चैत ४ गते कतार एयरवेजको ‘क्यूआर ६५२’ विमानबाट नेपाल आएकी हुन् । जुन विमानबाट कोरोना भाइरस संक्रमित १९ बर्षीया युवती पनि फ्रान्सबाट नेपाल फर्किएकी थिइन ।
। कतार एयरवेजको उक्त विमानमा सवार १५८ यात्रुको खोजी थालिएपछि बागलुङकी किशोरीमा भाइरस संक्रमित भएको फेला परेको हो ।

अहिले उनी बागलुङ नगरपालिकास्थित घरमा नै रहेकी छिन् । उनलाई सुरक्षितरुपमा काठमाडौं ल्याउने तयारी भइरहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

नेपालमा हालसम्म भेटिएका पाँच संक्रमित मध्ये एक निको भएर घर गइसकेका छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार जारी छ ।