Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

बाराको कपडा उद्योगमा आगलागी : करोडको क्षति, एक मजदुर घाइते

Company Register

बारा – बाराको जितपुरसिमरा उपमहानगरपालिका– ९ छातापिपरास्थित कोहिनुर टेक्सटाइल मिलमा भीषण आगलागी भएको छ।

Advertisement

कपडा उद्योगमा मंगलबार दिउँसो आगलागी भएको हो। आगलागीबाट करिब एक करोड रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक रुद्र राज कण्डेलले जानकारी दिए। 

आगलागी जितपुर सिमरा उपमहानगरपालिका तथा वीरगन्ज महानगरपालिकाको दमकल, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा करिब आधा घण्टापछि नियन्त्रणमा आएको थियो।

कपडा उद्योगमा वेल्डिङ गर्दा भुसमा आगो सल्किएर उद्योगभर फैलिएको प्रहरीको प्रारम्भिक अनुमान छ। 

मजदुर घाइते

आगलागीमा परेर उद्योगमै कार्यरत एक मजदुर घाइते भएका छन्। घाइते हुनेमा भारतीय नागरिक २३ वर्षका सतिषकुमार महतो रहेका छन्। उनको दायाँ हात र अनुहारमा आगोले पोलेको छ। उनको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
यो समाचार को स्रोत :- thahakhabar
Website Designe 1024×117
Loading...