
संचारकर्मी फुलमान वल निर्देशित सिनेमा ‘नीरफूल’को ट्रेलर सार्वजनिक गरिएको छ ।
दयाहाङ राई, शान्ति वाइवा, जिग्मे छ्योकी घिसिङ कथाका मुख्य पात्र हुन् । यी तीनको वरिपरि सिनेमाको घुम्छ ।
चैत ७ मा रिलिज हुने सिनेमामा रेखा थापा, बुद्दी तामाङ, पुस्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, लक्ष्मी वर्देवा, मानस राज, रोशन फ्युबालगायतका कलाकारको पनि अभिनय छ ।
सिनेमाको लेखन सचिन घिमिरे र निर्देशक वलले गरेका हुन् । सचिन सिनेमाका सह-निर्देशक पनि हुन् । प्रमोद कार्कीले खिचेको सिनेमामा अर्जुन पोखरेल/चन्द्र कुमार डोङको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।
सोनम डोमा कार्यकारी निर्माता रहेको सिनेमा फ्रेन्डस् अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसँगको सहकार्यमा निर्माण भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्




