Comments Add Comment

मकवानपुर पुर्व कप्तान श्रेष्ठको निधन

 मकवानपुर क्रिकेट टिमका पुर्व कप्तान निरज श्रेष्ठको निधन भएको छ । रक्त क्यान्सरबाट पिडित श्रेष्ठको आइतबारबिहान काठमाडौ स्थित शहीद मेमोरियल अस्पतालमा निधन भएको हो। आठ महिनादेखि  नेपाल तथा भारतका विभिन्न अस्पतालमा उपचार  रक्त क्यान्सरको उपचार गराइरहेका श्रेष्ठको आज निधन भएको हो।
हेटौंडा–५ सानोपोखरा निवासी निरज हाल मकवानपुर क्रिकेट संघका सदस्य हुन उनी संघको पुर्व कोषाध्यक्षसमेत भएका थिए । २०६०।०६१ सालदेखि मकवानपुर क्रिकेट टिमको कप्तानी सम्हालेका श्रेष्ठले ४ वटा राष्ट्रियस्तरको क्रिकेट लिग खेलेका थिए मकवानपुर  क्रिकेट संघले उनको उपचारको सहयोगार्थ नेपाली क्रिक्रेट टोलिका कप्तान पारस खडका सहितको च्यारिटी क्रिकेट म्याचको आयोजना गरेको थियो। ३६ वर्षीय श्रेष्ठको श्रीमती सहित एक छोरा  छन ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर