असोज ३ गतेदेखि प्रदर्शनको तयारीमा रहेको जय किशन बस्नेत फिल्मस् प्रा लि को ब्यानरमा निर्माण भएको सिनेमा हिरो नं १ को मेरी नक्कली मेरो नक्कले बोलको गीतको भिडियो सार्वजनिक भएको छ। मधुसुदन डाँगीको शब्दमा हरि थापाको संगीत तथा मेलिना राई र म्याक्स नेपालको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो।

अभिनेता जय किशन बस्नेतको लेखन, निर्माण तथा निर्देशन रहेको यस सिनेमामा जय किशन बस्नेत, जाहन्वी बस्नेत, एलिना रायमाझी, राजिव जंग बस्नेत, लय संग्रौला, संघरत्न महर्जन,राजिव मानन्धर ‘टार्जन’, शोभित बस्नेत, राजु गिरी, आशिका अधिकारी, आरोही श्रेष्ठ लगायतकाको अभिनय रहेको छ।

सार्वजनिक भएको गीतको भिडियोमा नायक बस्नेत र एलिना रायमाझी फिचर्ड छन्। यस सिनेमामा बिनोद सापकोटाको छायाँकन, शंकर महर्जनको द्वन्द, ताराबीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको संगीत रहेको छ भने जाहान्वी बस्नेत र ब्रबिम बस्नेत प्रस्तुतकर्ता रहेका छन्।