काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमित संख्या २० हजार ८६ जना पुगेको छ । अहिलेसम्म १४ हजार ४ सय ९२ जना उपचारपछि निको भएका छन् ।

कोरोनाबाट निधन हुनेको संख्या ५६ जना पुगेको छ । पछिल्लो समय फेरि समुदाय तहमा कोरोना संक्रमण बढ्न थालेको छ । राजधानीमा समेत संक्रमण बढेको छ ।