
एनआरएनए सम्मेलनमा हुलदंगा हुँदा निर्वाचन स्थगित गरिएको छ । एनआरएनएको नवौँ अधिवेशन चलिरहेको पाँचतारे होटेल हायातमा बुधबार निर्वाचनको तालिका थियो । साँझ ५ बजेदेखि मतदान हुने भनिए पनि ८ बजेसम्म सुरु नभएपछि सहभागीहरू हुलदंगामा उत्रिए ।
प्रहरीले हस्तक्षेप गरेर हुलदंगा नियन्त्रण गरेको थियो । त्यसको केही समयपछि मतदान सुरु भयो । तर, विद्युतीय भोटिङ मेसिनमा समस्या आएको भन्दै फेरि रोकियो । बिहीबार बिहान १० बजेबाट मतपत्रमै मतदान गर्ने गरी प्रक्रिया स्थगित भएको एनआएनएका अध्यक्षका उम्मेदवार कुमार पन्तले बताए । आजको नयाँ पत्रिका दैनिकमा सामाचार छ ।