Comments Add Comment

छवि र शिल्पालाई पक्राउ गर्न अदालतले दिए प्रहरीलाई अनुमति

निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । छविराजको जेठी श्रीमतीले केही दिन अगाडी काठमाण्डौँ अदालतमा बहुविवाह सम्बन्धी कसूरमा दिएको उजुरीको आधारमा अदालतले यस्तो पुर्जी जारी गरेका हुन् । अदालतले अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुई जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ ।

वि.सं २०७३ साल असार २९ गते बिवाह गरेका छवि र शिल्पाले गतबर्षको पौषमा मात्र बिवाह दर्ता गरेका थिए । तर, हेमाले आफू हुँदा हुँदै छवि र शिल्पाले बहुबिबाह गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिईन् । योसँगै छवि र शिल्पाको डिभोर्स प्रक्रियाले नयाँ मोड लिएको छ । शिल्पाले भने आफूलाई छविका २ श्रीमती गिताञ्जली र रेखा थापा मात्र रहेको बिषयमा जानकारी भएको बताउँदै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर