2025-12-10 1:25 am

गायक सिटौलाले मायालुलाई अनलाइनमा बोलाएपछि… [भिडियो]

गायक भरत सिटौलाले आफ्नो नयाँ गीत सार्वजानिक गरेका छन्। उनले आउँदैगर मायाँलु बोलको गीत सार्वजानिक गरेका हुन्। गायक सिटौलाले ५ दर्जन बढी गीतमा आफ्नो स्वर, शब्द दिइसकेका छन्। भर्खरै सार्वजानिक गरिएको गीतमा स्वर, शब्द र संगीत गायक सिटौलाकै रहेको छ। गीतको संयोजन शैलेन्द्र प्रधानले गरेका छन्। त्यस्तै भिडियोलाई फराज अर्पणले निर्देशन गरेका हुन्। म्युजिक भिडियोमा गायक सिटौलालाई उषा उप्रेतीले साथ दिएकी छिन्। भिडियोलाई सम्पादन सतिज श्रेष्ठले गरेका छन्। सिटौलाले गीत सार्वजानिक गर्दै अघिल्ला गीतहरूभन्दा फरक स्वाद रहेको दावी गरेका छन्। ‘यो गीत अघिल्लाभन्दा फरक स्वादको छ’, उनले भने, ‘दर्शक र स्रोताले यसलाई मनपराउनु हुन्छ भन्ने विश्वास लिएको छु।’ उनले भिडियो हेरर प्रक्रिया दिन दर्शकलाई आग्रहसमेत गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad