एउटा तारालाई परिक्रमा गर्ने एक ग्रहको वायुमण्डलमा पनी रहेको खगोलविद्हरूको दाबी गरेका छन् । पृथ्वीको सतहबाट धेरै टाढा रहेको तारालाई परिक्रमा गर्ने एउटा ग्रहको वायुमण्डलमा पानी रहेको खगोलविद्हरूको दाबी गरेका हुन् ।

वैज्ञानिकहरुका अनुसार के२–१८ बी नामक उक्त ग्रहमा पानी रहेको छ । जहाँपृथ्वीबाहिर जीवनका लागि उपयुक्त स्थान हुन सक्ने देखाएको खगोलविद्हरुको दाबी गरिरहेकाछन् । नेचर एस्ट्रोनमी नामक वैज्ञानिक जर्नलमा उक्त अध्ययनको विवरण प्रकाशित भएको थियो । युनिभर्सिटी कलेज लन्डनकी प्राध्यापक तथा प्रमुख वैज्ञानिक गिओभाना टिनेटीले यो पछिल्लो खोजलाई “अद्भभुत” नाम दिएकी छीन् ।

उक्त के२-१८बी ग्रह १११ प्रकाश वर्ष अर्थात् पृथ्वीदेखि झन्डै ६५ करोड माइल टाढा छ। दश वर्ष्भित्र नयाँ अन्तरिक्ष टेलिस्कोपले उक्त ग्रहको वायुमण्डलमा प्राणीहरूले बनाउने ग्यास भए वा नभएको निर्क्यौल गर्न सक्ने छ । ग्रहको सतहमा पानी तरल रूपमा रहनका लागि उपयुक्त तापक्रम भयो भने सो क्षेत्रलाई बस्नयोग्य मानिने वैज्ञानिकहरुको भनाइ रहेको बीबीसीले जनाएको छ ।

ईएसएको एरिएलअभियानले २०२८ मा बाह्य संसारमा जीवन भए नभएको पत्ता लगाउन सघाउनेछ ।अतः थप अध्ययनका लागि सन् २०२० को दशकमा आउने अर्को पुस्ताको अन्तरिक्ष दूरबीनको प्रतीक्षा गर्नुपर्ने हुन्छ।एजेन्सी