2025-12-07 10:05 am

प्राध्यापकलाई अभद्र ब्यवहार गरेको भन्दै मकवानपुर क्याम्पसका दुई विद्यार्थी निलम्बनमा

प्राध्यापकलाई अभद्र ब्यवहार गरेको भन्दै मकवानपुर बहुमुखी क्याम्पसका दुई जना विद्यार्थी अनिश्चितकालको लागि निलम्बनमा परेका छन् ।
साउन ५ गते आईतबार विहान मकवानपुर बहुमुखी क्याम्पसमा पढाउने प्रध्यापकलाई अभद्र ब्यवहार गरेको पुष्टी गर्दै क्याम्पस प्रशासनले कक्षा १२ मा अध्ययन गर्ने सुजन चौलागाई तथा दिनेश हटुवाललाई निलम्बन गरेको हो ।प्राध्यापकलाई अभद्र ब्यवहार गरेको भन्दै हिजो नै पब्लिक क्याम्पस प्राध्यापक संघले हिजो विज्ञप्ति जारी गर्दै ति विद्यार्थीहरुलाई निश्कासन नगरेसम्म क्याम्पसमा अध्यापन नगर्ने चेतावनी दिएको थियो । सोहि चेतावनी पश्चात आज बिहानै क्याम्पस प्रशासनले कारबाहीको काम गरेको हो ।विद्यार्थी निलम्बनपछि क्याम्पसमा आफुहरुले पठनपाठन सुरु गरेका पब्लिक क्याम्पस प्राध्यापक संघ मकवानपुर बहुमुखी क्याम्पसका अध्यक्ष भोजराज ढकालले खबरब्रेकलाई बताए । उनले भने क्याम्पसले कारबाहीको पहिलो काम थालनि गरेको कारण हामीले पठनपाठन सुरु गरेका छौ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad