धान दिवश

बिचारका धमीला गराहरुमा,
समाहा राखेर पसिनाहरुकाे
बगिरहेछन् एकमुरी सपना, र
पूरा नहुदै आकाक्षा
हल्लाएका छन्
विवेकहीन पहिराेहरुले
निर्दाेष धानका गाभाहरु,

हाे थाहा छ,
बाउसे नगरिएका
मष्तिष्कका पाटाहरुमा
सप्रिएका छैनन् पटक्कै हिले बिउहरु
भर्खर आलीमा टुसाएकाे दुईपाते भट्टमास
ङिच्च देखाईरहेछ दुधे दाँत
फस्टाउँदै गरेका पतेरा र गभाराहरु
बजेट भाषण पछिकाे बजेटले
मानाै सञ्चारित भईरहेछ बैंक खाता
र त
दण्डहीनताकाे याे राेपाईमा
अनुदानका मसी पाेतेर
बाेलिरहेकाे छ एउटा कविता
शुभ धान दिवस
२०७७

————————————-
सुनील गाैतम हेटाैंडा