Coronavirus COVID-19

राजन राज र मिलनको नयाँ गीत सार्वजनिक, भिडियोसहित

[Ads]

काठमाडौं – चर्चित गायक संगीतकार राजन राज सिवाकोटी र चर्चित गायिका मिलन नेवारले नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन्। ‘तिमी उता म यता’ बोल को यस गीतमा शब्द संगीत राजन राज शिवाकोटीको रहेको छ, भने गायिका मिलन नेवारसँग युगल गायनका रुपमा राजन आफैँ अभिनयमा देखा परेका छन।

Advertisement

केही दिनअघि दक्षिणकालीमा छायांकन भएको यो गीतमा लामो समयसम्म एक–आपसमा भेटघाट हुन नपाउँदाको अवस्थाको पीडा र भेट हुने आशा सहितको भावनालाई व्यक्त गरिएको छ। भिडियोमा नायक नायिका को छोरी को रूपमा राजनका कान्छी छोरी आरीश्मा शिवाकोटीको पनि अभिनय रहेको छ।  

भिडियोलाई राजेश पुमा राईले निर्देशन गरेका हुन् भने उत्सव दाहालले यसलाई छायांकन गरेका हुन्। यसअघी राजन र मिलन ले संयुक्त रुपमा चरीले काफल टिप्यो , ठेकीमा दही ,गुलेलिले हान्दिऊँ कि बोलका गीत बजारमा ल्याएका छन्।

भिडियो

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...